प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा प्रहरी प्रभाग साँखुमा आगजनी तथा प्रहरीमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका– ३ घर भई हाल काठमाडौंको शंखरापुर नगरपालिका– ७ बस्ने ४३ वर्षीय प्रल्हाद दाहाल र शंखरापुर नगरपालिका– ३ घर भएका ४७ वर्षीय सानुकान्छा वाइबा रहेका छन् ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको साँखु प्रहरीले जनाएको छ ।(रास्स)