नेपाल प्रहरीले ८५ वटा गाडी किन्नका लागि टेण्डर आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै पेट्रोलबाट चल्ने ७५ र १० वटा विद्युतीय पिकअफ गाडी किन्नका लागि टेण्डर आह्वान गरेको हो ।
टेण्डरदाताले ९ कात्तिक (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन सक्ने छन् । विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र नेपाल प्रहरी प्रधान कार्यालयमा पेस गर्नुपर्ने जनाइएको छ ।प्रहरीका अनुसार टेण्डरहरू १४ कात्तिक (३१ अक्टोबर) मा अपराह्न २ बजे खोलिने छन् ।