चितुवाको आक्रमणबाट एक जना घाइते

बर्दियामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका, ११ विजयनगरका ४६ वर्षीय भदुवा थारू घाइते भएका हुन । सामुदायिक वन रहेका रूख  धमाधम कटान भएपछि चितुवा मानवबस्तीमा पसेर दैनिक जस्तो मानिसलाई आक्रमण गर्ने घटना बढिरहेको छ ।

मंगलबार आफ्नै खेतमा धान काटिरहेको अवस्थामा चितुवाले आक्रमण गरी थारूलाई घाइते बनाएको हो । घाइते स्वास्थ्य उपचार नगर अस्पताल जयनगर भएको जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए