राष्ट्रपति कार्यालय शीतल निवासमा चहलपहल बढेको छ । बिहीबार राति राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवास प्रवेश गरेसँगै सेनाले सुरक्षा तैनाथी बढाएको छ । नेपाली सेना सडकका दुवै तर्फका लेनमा तारबार लगाएको छ । शीतल निवास छिर्ने गेटमा ब्यारिकेड राखेर सुरक्षा तैनाथी बढाएको हो ।राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । त्यसैले पनि शीतल निवासमा सुरक्षा तैनाथी बढाइएको हो ।