एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड जिम्मवारी बदली

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिदो सुरक्षा चुनौतीलाई मध्यनजर राख्दै एकैपटकमा एक सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमाण्ड जिम्मवारी बदली गरेको छ ।

जसमा सशस्त्र प्रहरी नायव उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायव निरीक्षक ४९ जना गरी जम्मा एक सय ६८ जनाको बदली गरेको हो।

सशस्त्र मुख्यालयले कमाण्डमा खटिने अधिकृतहरुको पहिले नै पुर्वानुमान सूची प्रकाशन गर्ने र सोही पूर्वानुमान सूचीमा रहेका अधिकृतहरुलाई नै कमाण्ड जिम्मेवारीमा खटाउँदै आएको छ । यस बाहेक विगतमा सीमा क्षेत्रमा खटिएर राजश्व संकलनमा उत्कृष्ट कार्य गरेका अधिकृतहरुलाइ कमान्डमा प्राथमिकतामा राखेर जिम्मेवारी दिइएको सशस्त्र प्रहरीका सह प्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।