धादिङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको छ।
राममायाको हत्या आरोपमा प्रहरीले उनकै ३० वर्षीय छोरा यमबहादुर कँडेललाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ।
टोलीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको थियो।