बाँकेका केहि स्थानमा दुर्गा मुर्ति विसर्जनको क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको छ ।जिल्ला प्रहरी बाँकेका प्रमुख एसपि अंगुर जिसिका अनुसार झडपमा तीनजना नेपाल प्रहरीसहित २० भन्दा बढी व्यक्ति घाइते भएको जानकारी दिएका छन् ।
बाँके प्रहरीले मुख्य झडप भएका तीन स्थानलाई हिजै नियन्त्रणमा लिएर सुरक्षा निगरानी बदाएको छ । एसपि जिसिले शान्ति कायम राख्न र सयंमित रहन बाँकेवासिलाई अनुरोध गरेका छन् ।