धार्मिक पर्यटनको सम्भावना

बाँकेमा रहेका हिन्दु धार्मिकस्थलहरूलाई बागेश्वरी मन्दिरसँग जोडी धार्मिक पर्यटनको सम्भावना बढाउन यस वर्षको दसैँबाट विशेष पर्यत्न गरिने भएको छ । दसैँको अवसरमा फूलपातीको दिन बाँकेका विशेष धार्मिकस्थलहरूबाट बाजागाजासहित बागेश्वरी मन्दिर पुगी बागेश्वरीबाट लगेको फूलपाती भित्र्याउने कार्यक्रम अघि सारिएको हो ।

यसरी विभिन्न धार्मिकस्थलबाट समूह र झाँकीसहित फूलपाती भित्र्याउन आउने काम पहिलोपटक हुन लागेको बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपाल अधिकारीले बताएका छन् । अधिकारीले पर्यटन व्यवसायीहरूको पहलमा हुन लागेको उक्त धार्मिक यात्राले भविष्यमा धार्मिक पर्यटन विकासका लागि भूमिका खेल्नसक्ने अपेक्षासहित समितिले आवश्यक व्यवस्थापन मिलाउने बताए । यसअघि बागेश्वरी मन्दिरमा सुरक्षा निकायको सक्रिय सहभागितामा फूलपाती भित्र्याउने गरिएको थियो ।