नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनकपुरमा आज बसेको प्रदेश संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
बैठकले समर्थन फिर्ता लिने र नयाँ सरकार गठनको प्रयास थाल्ने निर्णय गरेको सांसद अन्जना पण्डितले जानकारी दिए ।
जेनजी आन्दोलनको क्रममा २४ भदौमा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरेका थिए ।
तर, फेरि उनले कुरा फेरेपछि जनमतले सरकारमा रहेका आफ्ना मुख्यमन्त्री सहित दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको छ ।