एसपी अंगुर जिसीले सम्हाले बाँकेको जिम्मेवारी

 

बाँकेका प्रहरी प्रमुखमा सरुवा भई आएका एसपी अंगुर जिसीले आज पदभार ग्रहण गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाण्डौँको निर्णयअनुसार उनी बाँके सरुवा भएका थिए । अपराध अनुसन्धानमा कार्यरत हुँदै आएका उनले जिल्ला प्रहरी कार्यालयमा पदभार ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहण समारोहअघि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीले उनलाई स्वागत गरेका थिए ।