९७ गोलीका खोकासहित २ पक्राउ

 

 

नेपालगन्ज-३ एकलैनीमा चोरी गर्न लागेका २ जनालाइ स्थानियले पक्राउ गरेका छन् ।
उनिहरुको साथबाट स्थानियले ९७ गोलीका खोका र अन्य केही हातहतियार बरामद गरेका छन् । स्थानियले उनिहरुलाइ वडा प्रहरी कार्यलयमा बुझाएका छन् ।स्थानियका अनुसार पक्राउ परेकाहरुले बोकेको बोराबाट त्यतिका धेरै गोलीका खोका भेटिएका हुन् ।जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता डीएसपी दीपक पातलीले यतिका धेरै गोलीका खोका उनिहरुले कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको बताए ।