सुडानको डार्फर क्षेत्रको मस्जिदमा ड्रोन आक्रमणपछि ७० भन्दा बढीको मृत्यु भएको छ । अल-फाशेर शहरमा शुक्रबार भएको आक्रमणको लागि अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) लाई दोषी ठहराइएको बीबीसीले जनाएको छ, तर समूहले जिम्मेवारी लिएको छैन ।आरएसएफ र सेनाबीच दुई वर्षभन्दा बढी समयदेखि भयंकर गृहयुद्ध चलिरहेको छ । अर्धसैनिक बलहरू अब जमिनमा अगाडि बढिरहेका छन् र सबै अल-फाशेर कब्जा गर्ने प्रयास गरिरहेका छन् ।(रास्स)