पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आज प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।शीतल निवास स्रोतका अनुसार कार्कीको शपथ ग्रहण पनि आजै गराउने तयारी गरिएको छ । कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलले बिहीबार दिनभर र मध्यरातसम्मै छलफल र परामर्श गरेका थिए ।बिहीबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्तरूपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पनि छलफल गरेका थिए । उनीहरूले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन लागेको भनेर ओलीलाई जानकारी गराएका थिए ।