जिल्ला प्रहरी कार्यालय कास्कीमा पनि प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन्।
कार्यालयमा रहेका प्रहरी कर्मचारीलाई लखेटर प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्। उनीहरूले अहिले पनि आगजनी र तोडफोड गरिरहेका छन्।
आन्दोलनकारीले प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई पनि बाहिर निकालेका छन् भने कार्यालयमा रहेका महत्वपूर्ण कागजात पनि जलाएका छन्।
उनीहरूले प्रहरी गाडि लगायत अन्य संरचना पनि जलाएका छन्।