काठमाडौं जिल्ला प्रशासनले चक्रपथभित्र कफ्र्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा आज बिहान ८ः ३० बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कफ्र्यू आदेश जारी गरिएको हो ।
काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू–भागमा कफ्र्यू आदेश जारी गरिएको हो ।