(नेपाल क्राईम)
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा १०५ प्रहरीले कमाण्डो (प्रहरी विशेष कला तथा कारबाही) तालिम सम्पन्न गरेका छन् ।
दशौं समूहको कमाण्डो तालिम १०५ जनाले सम्मपन गरेका हुन् । प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी कुल १०५ जनाले निकै कठिन मानिने कमाण्डो तालिम सम्पन्न गरेको प्रहरी प्रधान कार्यालयको समाचार कक्षले जनाएको छ ।कमाण्डो तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाले तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्नेलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पु–याउनेलाई प्रशंसा पत्र प्रदान गरेका थिए ।