गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी

गृहमन्त्री रमेश लेखकले राजीनामा दिने तयारी गरेका छन् ।  सोमबार राजधानीमा भएको जेनजीको प्रदर्शनमा १७ जनाका साथै  इटहरीमा २ जनाको मृत्यु भएपछि लेखकले राजीनामा दिने तयारी गरेका हुन् ।

सोमबार साँझ बसेको कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका थिए । लगत्तै लेखकले राजीनामा दिने जानकारी गराएर त्यहीँबाट मन्त्रिपरिषद् बैठकमा गएको एक नेताले बताए । (रास्स)