९ जना प्रदर्शनकारीको मृत्यु जेनजीको प्रदर्शनले उग्र रुप लियो

राजधानीमा सोमबार जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा हालसम्म आठ जनाको मृत्यु भएको छ। नयाँ बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी आक्रमक बनेका छन्।

प्रदर्शनलाई रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा कफ्यू आदेश जारी गरेपनि प्रदर्शनकारीलाई कफ्यूको अवज्ञा गरेका छन्। यतिबेला राजधानीको बानेश्वर क्षेत्र तनावग्रस्त छ।

आक्रोशित प्रदर्शनकारीले संसद भवन परिषरमा तोडफोड गरेका छन् भने यातायात व्यवस्था कार्यालयको गाडी तोडफोड गरेका छन्।

प्रहरीले अत्याधिक बल प्रयोग गर्दा ठूलो संख्यामा प्रदर्शनकारी घाइते भएका छन् भने मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीले जनाएका छन्।