पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले गरे  उद्धार

पोखरास्थित फेवा तालमा हाम फालेकी एक महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

मंगलबार बिहान करिब पाँच बजेतिर एक जना महिला पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटस्थित फेवातालमा हाम फालेकी थिइन्।

मकवानपुर घर भई पोखरा–६ लेकसाइड बस्ने करिब ४५ वषीकी हीरा नेगीलाई प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।