दाङको तुलसीपुरमा रहेको बेचनी खोलाले गाडी बगाएको छ ।
खाद्रेबाट पर्सेनीका लागि छुटेको किराना सामान बोकेको ग १ ज १७१४ नम्बरको मारुती भ्यान आइतबार तुलसीपुर–७ स्थित बेचनी खोलाले बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिए ।उनका अनुसार, तुलसीपुर–६ का ४६ वर्षीय रामकुमार रेग्मीले चलाएको उक्त गाडी बेचनी खोला तर्ने क्रममा बीचमै स्टार्ट बन्द भएको थियो ।त्यसपछि खोलामा पानीको बहाव बढ्दै जाँदा उक्त गाडी बगाएर १० मिटर तल लगेको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।