घरायसी विवादले लियो आफ्नै  आमाको हत्या

सिन्धुलीको दुधौली नगरपालिका–१४ मा घरायसी विवादका क्रममा एक व्यक्तिले आफ्नै आमाको हत्या गरेका छन्।

​आइतबार दिउँसो साढे ११ बजे ४० वर्षीय तुलाराज सुनुवारले आफ्नी ६५ वर्षीया आमा फालकुमारी सुनुवारको हत्या गरेको प्रहरीको भनाइ छ।

आमासँग विवाद हुँदा उनले फलामको खन्तीले टाउको र छातीमा प्रहार गरेको सिन्धुली प्रहरीले जनाएको छ। ​

घटनास्थलमा पुगेको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा भाग्दै गरेका तुलाराजलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।