नेपाल प्रहरीमा १९ भदौदेखि (एआईजी) का चार पद रिक्त हुने भएका छन्।सरकारले एआईजी चन्द्रकुबेर खापुङलाई आगामी प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिसकेको छ। सोही दिनदेखि उनले सम्हालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व पनि खाली हुनेछ।त्यसअघि नै आईजी दीपक थापा ३० वर्षे सेवा अवधिका कारण १८ भदौको राति १२ बजेदेखि अवकाशमा जानेछन्। उनीसँगै ब्याचका एआईजी सुदिप गिरि र टेकबहादुर तामाङ पनि अवकाश हुनेछन । खापुङ, गिरि, तामाङ र शर्माको अवकाशसँगै चार एआईजी पद खाली हुने भएका छन्। ती पदका लागि नौ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बीच प्रतिस्पर्धा हुने भएको छ।प्रतिस्पर्धामा रहेका डीआईजीहरूमा सुशिलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, ओम राना, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन्।