दशैँ, तिहार र छठ पर्वका लागि यही भदौ २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने

दशैँ, तिहार र छठ पर्वका लागि यही भदौ २९ गतेदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गर्दै नजिकिँदै गरेको चाडपर्व लक्षित गरी भदौ २९ गतेदेखि नयाँ नोट साट्न सकिने जनाएको छ । काठमाडौं उपत्यकामा नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, प्रदेशमा प्रदेशस्तरीय कार्यालय विराटनगर, वीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्जर धनगढीबाट नयाँ नोट सटही गर्ने सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय शाखा कार्यालयबाट समेत नयाँ नोट साट्न सकिनेछ ।