नेपाल प्रहरीमा रहेको विद्यमान नियमावली संशोधन गर्ने तयारी भएको छ । प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नै प्रहरी नियमावली संशोधन गरेर प्रहरी महानीरिक्षक दीपक थापालाई निरन्तरता दिने चलखेल शुरु भएको हो ।बुधबार साँझ गृहमन्त्रालयले प्रहरी नियमावली संशोधनको ड्राफ्ट तयार पारिसकेको छ । गृहमन्त्री रमेश लेखकले सो ड्राफ्ट तयार पारेका हुन् । यसका लागि नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधी हटाउन अवकाशको मुखमा पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र उनका ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु सक्रिय देखिएका छन् ।उनीहरुको सक्रियतालाई गृहसचिव गोकर्णमणी दुवाडीले साथ दिदै बुधबार कानुन महाशाखालाई मस्यौदा बनाउन लगाएका थिए सो मस्यौदा गृहमन्त्रीको टेबुलमा रहेको छ ।
आईजीपी थापा विद्यमान प्रहरी नियमावली बमोजिम यहि भदौ १८ गते अवकाशमा जाँदैछन । तर, आईजीपी नियुक्त भएदेखि नै आफ्नो सेवाअवधि लम्ब्याउन लागेको भएपनि प्रहरी ऐन संसदमा नपुग्दा रोकिएको थियो । अहिलेकै अवस्थामा ३० वर्षे सेवाअवधी कानून बनाएर लागु गर्न सम्भव नभएपछि उनले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर नियमावली संशोधन गर्न खोजेका हुन् ।
प्रहरीमा ३० वर्षे सेवाअवधीका बारेमा वर्षौंदेखि बहस चल्दै आएको छ । तर सिङ्गो संगठनको करियर प्लानिङबिना ३० वर्षे सेवाअवधिमात्रै हटाए त्यसले प्रहरीमा अर्को संकट आउने प्रहरीकै अधिकारीहरुको दावी भएपनि चन्द्रकुवेर खापुङ र दानबहादुर कार्की तथा उनको व्याचलाई रोक्नका लागि नियमावली संशोधन गर्न लागिएको हो ।