इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति पक्राउ

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका एक फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल ल्याइएको छ।

सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको हो।

कुवेतको राष्ट्रिय अपराध अनुसन्धान विभागसँगको समन्वयमा निजलाई पक्राउ गरेर बुधबार स्वदेश ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।