नेपाल प्रहरीमा ३२ र ३३ औं प्रहरी महानिरीक्षक (आइजीपी)का लागि कडा प्रतिस्पर्धा देखिएको छ । प्रहरी विधेयक समयमा नआउने भएपछि वर्तमान आइजीपी दीपक थापाले भदौ १९ गतेबाट अनिवार्य अवकाशमा जादै गर्दा भावी आइजीपीका लागि प्रतिस्पर्धा शुरु भएको हो ।विद्यमान प्रहरी नियमावलीअनुसार भदौ १८ गते राती आइजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि ३२औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका ५ अधिकृत प्रतिस्पर्धामा छन् । एआइजीहरू चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा रहेका छन् । सिआइबी प्रमुखसमेत रहेका एआइजी खापुङ पहिलो नम्बरमा छन् । उनी आफ्नो ब्याचबाट एकल दाबेदार हुन् ।खापुङ आइजीपीका लागि एक्ला दावेदार हुन् । खापुङ आइजीपी भएमा उनको कार्यकाल २७ कात्तिकसम्म हुनेछ । तेह्रथुमका तत्कालीन एमाले नेता भवानी खापुङका आफन्त रहेका उनको एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यसकारण दुई महिनाका लागि भए पनि उनी आइजीपी हुने सम्भावना छ ।
आइजी प्रतिस्पर्धाको दोस्रो नम्बरमा रहेका कार्की तेस्रो नम्बरमा रहेका अधिकारी र चौथौ नम्बरमा रहेका केसी प्रहरी संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । सिनियर भएकाले कार्की भदौमा नभए पनि कात्तिकमा आईजी बन्ने सम्भावना रहेको बताइन्छ । यद्यपि अधिकारी पनि कमजोर भने छैनन ।
राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा आएका शाहपनि कमजोर देखिएका छैनन । कार्कीसँग मुख्य प्रतिस्पर्धा शाहको हुने चर्चा चलेपनि अधिकारीले पनि सहजै छाड्ने अवस्था छैन । शाह र अधिकारीको नेपाली कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेको छ । पहिलो नम्बरमा रहेका कार्कीको भने सबैतिर सम्बन्ध राम्रो रहेको छ । उनलाई व्यवशायीयक प्रहरी अधिकृतको रुपमा लिएका कारण सम्बन्ध राम्रो रहेको प्रहरी प्रधानकार्यालयमा चर्चा चलेको छ ।अर्का प्रतिस्पर्धी अधिकारीको पनि एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका अधिकारीको पनि आईजीपी बन्ने सम्भावना छ ।सरकारले यी एआईजीमध्ये एकलाई आगामी १८ भदौपछि आईजीपीमा बढुवा गर्नेछ । त्यस्तै २ महिनाको लागि खापुङ आइजीपी बनेमा २७ कात्तिकपछि ४ एआईजीमध्ये पुनः एकलाई ३३ औं आईजीपी हुनेछन् । कार्की,अधिकारी र केसी ०५४ सालमा भर्ना भएका हुन भने शाहचाहि २०५३ सालमा भर्ना भएका हुन् । आफू २०५३ सालमा भर्ना भएका कारण सिनियर रहेको दावी गर्दै शाहले आइजीपीका लागि अर्को दावी पेश गर्नसक्नेछन ।