मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित छ । जसको प्रभावले देशभरको मौसम पूर्णतया बदली रहेको छ ।
आज बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।