सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागि लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए । उनले भने छानबिन समितिका लागि तयारी थालिएको छ र इन्स्पेक्टर यादवको जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय फिर्ता बोलाएको जानकारी दिए ।
लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्। मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो। घटनापछि मृतक परिवार र स्थानीयबासी आक्रोशित बनेका थिए। बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग राखेपछि बिहीबार प्रशासन र पीडित पक्षबीच सहमति भएको हो।