करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।