आजको मौसम

हाल बागमती प्रदेशका पहाडी भूभागका केही स्थानसहित कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी र तराई भूभागका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ ।आज कोशी र लुम्बिनीलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रहने छ । आज दिउँसो कोशी र लुम्बिनीशको पहाडी र तराई भू–भागका केही स्थान तथा बाँकी ठाउँका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।