प्रहरीले काठमाडौंका ठमेल र महाराजगञ्ज क्षेत्रमा विशेष अप्रेसन चलाएर गुण्डागर्दीमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ ।
गुण्डा नाइके मिलन गुरुङ (चक्रे मिलन) को जन्मदिन पार्टीमा गुण्डागर्दीमा संलग्न व्यक्तिहरू भेला भएको गोप्य सूचनाको आधारमा प्रहरीले बिहीबार रातभर अप्रेसन चलाएको हो ।
काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको सादा पोशाकको संयुक्त टोलीले महाराजगञ्जस्थित साम्बाला होटलमा छापा मारी चक्रे मिलनलाई पक्राउ गरेको हो
विभिन्न आपराधिक गतिविधिमा सक्रिय गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।
आपराधिक गतिविधि बढाउने तथा नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए ।