प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशका सबै जिल्लामध्ये पर्सा प्रहरी कार्यालयका प्रमुख मिश्रलाई सर्वोत्कृष्ट घोषित गरेको हो।

पर्सादेखि धनुषासम्म ८ जिल्लामध्ये पर्सा प्रहरीले ९०.१९ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीले बताए।