समयमै वर्षा नभएपछि मधेस प्रदेशका किसानहरूले चरम खडेरी र सुख्खाको चपेटामा

देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेस प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन।

समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ।

धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन्।

सुख्खा र खडेरीका कारण असार २६ गते मधेस प्रदेश सरकारले मधेसका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।