रुसको सुदूर पूर्वी तटीय क्षेत्रमा आइतबार शृङ्खलाबद्धरूपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन विभागले जनाएको छ ।
स्थानीय समयअनुसार आइतबार सुरूमा लगातार ५.० म्याग्निच्युड र ६.७ म्याग्निच्यूडको भूकम्प गएपनि यसबाट सुनामीको जोखिम हुने बताइएको थिएन । ग्रीनविच समयअनुसार आइतबार ८ः४९ मा अर्को ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको र यसबाट तटीय क्षेत्रमा सुनामीको लहर आउनसक्ने बताइएको छ ।