हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा मौसमी प्रणाली विकसित भई मेघगर्जन चट्टयाङ्ग र हावाहुरीसहित वर्षा भैरहेको छ । उक्त प्रणाली दक्षिण पश्चिम दिशामा फैलिने क्रममा छ । त्यसैले सावधानी अपनाउन महाशाखाले अनुुरोध गरेको छ ।
कुनै स्थानमा अति भारी वर्षा भएको छ । वर्षाका कारण खोला तथा नदीहरुमा जलसतह बढेपछि बाढी पूर्वानुमान महाशाखाले जोखिम बढेको भन्दै सूचना जारी गरेको छ ।