जिल्ला प्रहरी कार्यालय, दाङले ४४ वर्षीय मोहम्मद जमिल मुसलमानलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले गढवा गाउँपालिका वडा नं. ४ पर्सा घर भएका मुसलमानलाई असार ३२ गते देउखुरीको गढवाबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । दङ्गीशरण गाउँपालिका वडा नं. ४ सुकदेवाका तेजमान चौधरीसहित अन्य ३ जना पनि पक्राउ परेका छन् । उनीहरूले प्रलोभनमा पारेर राँगा, भैँसी उद्यारोमा लिएर रकम नदिएको उजुरीपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।