खाल्डोमा डुबेर एक बालकको मृत्यु

सर्लाहीमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको हरिपुर नगरपालिका-१ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।खोजतलासको क्रममा घरबाट अन्दाजी पाँचसय मिटर दक्षिणपूर्वमा सडक निर्माणको लागि जेसिवीले खनेको खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेको थियो ।