सुनसरीमा भारतीय सीमा क्षेत्र नजिकै गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ । गएराति करिब १ बजे हरिनगर गाउँपालिका– ६ घुस्कीमा गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो ।आफ्नै भिनाजु भारत घर भएका २९ वर्षीय आजात मिया जटले गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।टाउकोमा गोली लागेकी अर्सीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे अनुसन्धान भइरहहेको प्रहरीले जनाएको छ ।