अनलाइनबाटै ट्राफिक सचेतना कक्षा सञ्चालन

अबदेखि अनलाइनबाटै ट्राफिक सचेतना कक्षा सञ्चालन हुने भएको छ।‌

आइतबार प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखकले कक्षा संचालनको शुभारम्भ  गरेका हुन्।

अनलाइन सचेतना कक्षा संचालनमा आएसँगै अब ट्राफिक प्रहरी कार्यालय पुगेर सचेतना कक्षा लिनुपर्ने बाध्यता हटेको हो। यो कक्षा नागरिक एप प्रयोगकर्ताहरूका लागि लागू हुनेछ।

मापसे, रातो बत्ती, लेन अनुशासन र तीव्र गतिमा सवारी चलाएर उल्लंघन गर्नेहरूले भौतिक रूपमा कार्यालयमा गएर कक्षा लिनुपर्ने व्यवस्था थियो।