चिडिमार समुदायबाट पहिलो पटक नेपाल प्रहरीमा हवलदार पदमा नियुक्त हुन सफल अवधेश चिडीमार  वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यबाट सम्मानित

चिडिमार समुदायबाट पहिलो पटक नेपाल प्रहरीमा हवलदार पदमा नियुक्त हुन सफल अवधेश चिडीमारलाई  आईतबार एक कार्यक्रमकाे आयाेजना गरि सम्मानित गरिएको हाे ।वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको उपस्थितिमा बहेलिया चिडीमार विकास समाज बाँकेले अवधेशलाई सम्मान प्रदान गरेको हाे ।सम्मानपछिकाे सम्बाेधनमा वडा अध्यक्ष बज्राचार्यले चिडीमार समुदायका युवाहरूले पनि मेहनत, लगनशीलता र निरन्तर प्रयासद्वारा सुरक्षाकर्मी जस्तो जिम्मेवार पदमा पुग्न सक्ने उदाहरण अवधेशले प्रस्तुत गरेको बताउनुभयाे ।