साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दै

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दै छ। खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई ९-१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो।