अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध

अविरल बर्षका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका-९ पिन्थलीबेशी, फेदीखोला र रोशी-७ को चारसय बेशीमा राजमार्ग अवरुद्ध भएको हो ।प्रहरी निरीक्षक कार्कीका अनुसार फेदीखोलाको लेदो हटाइसकिएको र पिन्थलीबेशी र रोशी ७ को चारसय बेशीमा हटाउने क्रम जारी रहेको जानकारी दिए ।राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरुलाई होल्डमा राखिएको छ । लेदोको कारण सडक अवरुद्ध भएकोले सिन्धुली जिल्लाबाट काभ्रेतर्फ जाने सम्पूर्ण सवारी साधनलाई होल्डमा राखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।