आजको मौसम

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

सोमबार दिउँसो  देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।

महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-बागको थोरै स्थानहरुमा तथा बाँकी भू-भागको एक-दुई स्थानगमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।