धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।जिल्लाको विदेह नगरपालिका–२ स्थित नेपाल–भारत सीमामा तस्करीको सामान भित्र्याएको सूचनाका आधारमा जाँच गर्न पुगेको सशस्त्र प्रहरीको टोलीमाथि समूहले आक्रमण गर्दा ६ जना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए । उनका अनुसार घाइते भएका प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य छ ।