१८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद

सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका रु १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए। बरामद सामग्री बिहीबार नै वीरगञ्ज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए।