जिल्ला प्रहरी कार्यालय, बाराले धारिलो हतियार प्रहार गरी अफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
बुधबार दिउँसो बाराको कलैया उप–महानगरपालिका वडा नं. १० मटिअर्वा बस्ने वर्ष ३५ का बच्चा मियाँले आफ्नै श्रीमती वर्ष २३ की सहिना खातुनको हत्या गरेको अभियोगमा पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूका बीच घरायसी वादबिवादको कारण आफ्नै घरभित्र कुटपिट गरी मासु काटने दाबले टाउको र गर्दनमा प्रहार गरी पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।