मुगुमा भुकम्पको धक्का

सोमबार बिहान ८.३९ बजे कोटडाँडा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।

आइतबार पनि मुगुमा भूकम्पको धक्का महसुस भएको थियो।

पछिल्लो समय पश्चिम नेपाल केन्द्र भएर साना–ठूला भूकम्पीय कम्पन गइरहेका छन्।