१५ वर्षीया किशोरी बलात्कार आरोपमा  युवक पक्राउ

दाङको तुलसीपुरमा १५ वर्षीया किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१४ का ३८ वर्षीय चन्द्र मगर रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीका अनुसार उनी गत  शुक्रबार पक्राउ परेका थिए ।

सोही दिन नै पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।

किटानी जाहेरीमा पीडित किशोरीले चन्द्र मगरले आफूलाई  ललाइ फकाइ गरेको र पछि धम्की दिएर आफ्नै घरमा लगेर आफूमाथि बलात्कार गरेको भनेर जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरी परेकै दिन प्रहरीले मगरलाई पक्राउ गरेको थियो ।