दुई डिआइजीको पदावधि थप

दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी)को पदावधि थप गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको प्रस्तावमा डिआईजी धौवजीको आगामी असोज २४ गतेसम्म र न्यौपानेको माघ २९ गतेसम्म उमेर र सेवा अवधि दुवै ननाघ्ने गरी पदावधि थप गरिएको हो ।