भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीमा बग्दै आएका पुरुषलाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ ।
अन्दाजी ४०/५० वर्षीय ती पुरुषलाई नारायणी नदीमा माथिबाट बग्दै आएको देख्नासाथ सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोस्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोले लामाको कमान्डमा खटिएको सुरक्षा फौजले जीवितै उद्धार गर्न सफल भएको हो ।